फुडमाण्डुको बडादसैँ बाइट्स क्याम्पेन सार्वजनिक, के छ विशेषता ?
काठमाडौँ । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।
यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत “बडा दशैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५% फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत “बडा दशैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५०% सम्मको डिस्काउन्ट पाउन सकिनेछ ।
यसबारे बोल्दै फूडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, सुश्री इनशा भट्टराईले भनिन्, “यस अभियान मार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं । आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुकोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस्।“
यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण