डिन जोन्सको ‘बाउन्ड्री’ विवाद र भारतले भोगेको एक रनको हार
काठमाडौँ । सन् १९८७ को एकदिवसीय विश्वकप भारत र पाकिस्तानमा आयोजना भएको थियो । त्यो विश्वकपमा भारत र अस्ट्रेलिया समूह ‘ए’ मा परेका थिए । समूहगत चरणको पहिलो खेल भारत र अस्ट्रेलियाबिच नै भएको थियो ।
भारतीय टोलीका कप्तान थिए, कपिल देव । पहिलो खेलमा अस्ट्रेलियाले टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो । खेलका क्रममा तेस्रो नम्बरका अस्ट्रेलियन ब्याट्सम्यान डिन जोन्सले ‘बाउन्ड्री’ प्रहार गरेका थिए । डिन जोन्सले प्रहार गरेको त्यो ‘बाउन्ड्री’ चौका हो वा छक्का भनेर बिवाद सुरु भयो ।
त्यतिबेला ‘बाउन्ड्री’ नजिकै भारतका रवि शास्त्री फिल्डिङ गर्दै थिए । उनले डिन जोन्सको प्रहार चौका भएको जानकारी अम्पायरलाई गराए । तर, डिन जोन्सले भने आफ्नो प्रहार छक्का नै भएको दाबी गरिरहे ।
त्यसपछि अम्पायरले भारतीय टोलीका कप्तान कपिल देवसँग सल्लाह गरे । केही समयको छलफलपछि कपिल देव पनि डिन जोन्सको प्रहारलाई छक्का मान्न सहमत भए । त्यो खेलमा डिन जोन्सले ३९ रन बनाए ।
अन्ततः त्यो खेलमा भारत केवल एक रनका कारण पराजित हुन पुग्यो । त्यो विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण