सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन
शुक्रबार, १९ असोज २०८०, १२ : १३
अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गरेका छन् ।
उनले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गरेका हुन् ।
“ओहायोको चौथो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै वासिङ्टन डिसीको सफल यात्रा सुरु गर्नुभन्दा धेरै अघिदेखि नै जिम जोर्डन स्टार हुनुहुन्थ्यो”, ट्रम्पले आफ्नो साइट ट्रुथ सोसलमा लेखेका छन्, “उहाँ सदनको एक महान सभामुख हुनुहुनेछ र मेरो उहाँलाई पूर्ण समर्थन छ ।”
टेक्सासका रिपब्लिकन सांसद टोरी नेहल्सले बिहीबार राति जोर्डनको सभामुख पदको उम्मेदवारीलाई ट्रम्पले समर्थन गरेको बताएको केही घण्टापछि उक्त घोषणा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण