इटहरीमा जुवा खेलिरहेका ३ जना पक्राउ
शुक्रबार, १९ असोज २०८०, १३ : ४४

काठमाडौँ । सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाबाट जुवाडेहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी–५ घर भएका ४० वर्षीय दीपेन्द्र कार्की सहित ३ जना छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ४९ हजार ५ सय रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत