इटहरीमा जुवा खेलिरहेका ३ जना पक्राउ
शुक्रबार, १९ असोज २०८०, १३ : ४४
काठमाडौँ । सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाबाट जुवाडेहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी–५ घर भएका ४० वर्षीय दीपेन्द्र कार्की सहित ३ जना छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ४९ हजार ५ सय रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण