आन्दोलित शिक्षकसँग भएका सहमति शिक्षा विधेयकमा समावेश गर्न सांसद नारायणी शर्माको माग
काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले आन्दोलित शिक्षकसँग भएका सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले देशको उन्नति, प्रगति र समृद्धिका लागि सही शिक्षा प्रणालीलाई अघि बढाउन आवश्यक रहेको बताइन् ।
सांसद शर्माले भनिन्–‘आन्दोलन गरेर सहमति भएपछि शिक्षकहरुले केही राहत महसुस गरेका छन्, उनीहरुको आन्दोलनको उपलब्धिलाई यो विधेयकमा समेट्नुपर्छ । सरकारले गरेका सहमति र सम्झौताहरुलाई यो विधेयकमा समेट्नुपर्छ ।’
प्रधानमन्त्रीदेखि धेरै सांसदहरु शिक्षण पेशाबाट नै संसदमा आएको उल्लेख गर्दै उनले देश अग्रगमनमा नजानुमा शिक्षानीतिसहित नभएको कुरा सबैले बुझेको विषय रहेको उल्लेख गरिन् ।
उनले भनिन्,‘यसको पक्ष र विपक्षमा नलागी समग्र शिक्षा विधेयकमाथि छलफल गरी साँच्चिकै व्यावहारिक, वैज्ञानिक ढंगले अगाडि बढ्ने शिक्षानीति बनाउनुपर्छ । यो शिक्षा विधेयकले विद्यालय, कर्मचारी, बालविकास, कार्यालय सहयोगी, राहत शिक्षक भनेर विभिन्न प्रकारमा विभाजन गरेको छ । यसरी विभाजन गर्नुहुँदैन भन्ने लाग्छ । सबै शिक्षकहरुलाई एउटै क्याटेगोरीमा राख्नुपर्छ, विभाजित नगरी एउटै रुपमा विधेयकमा लेख्नुपर्छ ।’
आगामी दिनहरुमा शिक्षक नियुक्ति गर्दा एउटै प्रक्रियाबाट नियुक्ति गर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण