कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि रोमानियासँग श्रम समझदारी
काठमाडौँ । नेपाल र रोमानिया सरकारबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुबीच द्विपक्षीय श्रम सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् । श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको हो ।
त्यसका लागि मन्त्री भण्डारीको नेतृत्वको टोली रोमानिया पुगेको थियो । नेपालका तर्फबाट श्रम सचिव केवल प्रसाद भण्डारी, जमर्नीका राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको उपस्थिति रहेको थियो । रोमानियको पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका अधिकारीहरू सहभागी रहेको श्रम मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय वार्तामा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावबारे छलफल भएको थियो ।
रोमानियाको तर्फबाट नेपाली कामदारको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उल्लेख्य नेपाली कामदार माग रहेको रहेको पारदर्शी रूपमा कामदार छनौट तथा छोटो अवधिमा कामदार ल्याउने प्रकृयामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त गरेका थिए ।
यूरोपेली मुलुक, रोमानीया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ । वार्ताको क्रममा नेपालमा रोमानीयाको दूतावास स्थापना पर्ने, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयामा नेपाली श्रमिकका लागि सम्भावित सिपयुक्त श्रम बजारको पहिचान गर्ने लगायतका विषयमा रोमानियाको तर्फबाट चासो व्यक्त गरिएको थियो ।
महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी लगायतका विषयलाई समेत प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानीयाको तर्फबाट व्यक्त गरिएको थियो ।
दोहोरो कारर, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सिप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको छ । मूलतः रोमानीयामा ठूलो संख्यामा आप्रवासी कामदारहरुको माग रहेको, नेपाली कामदारहरुको कार्य स्वभाव, इमान्दारीता, लगनशिलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट समेत छिटो प्रक्रियाबाट कामदार लैजाने विषयमा चासो व्यक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण