शिक्षा सोच, सीप र समृद्धिसँग जोडिनुपर्ने विधेयक अगाडि बढाउनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यालय शिक्षा विधेयकले आशाको संचार ल्याउन नसकेको बताएका छन् । विद्यालय शिक्षा विधेयकबारे प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सैद्धान्तिक छलफलमा भाग लिएका सांसद पौडेलले यस्तो बताएका हुन् ।
यस्तै उनले सरोकारवाला पक्षहरूसँग छलफलबिनै विधेयक ल्याइएको बताए। ‘विद्यालय शिक्षा विधेयक सदनमा छलफलका लागि आएको छ। तर यसले जुन खुसी ल्याउनुपर्ने, आशा सञ्चार गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन,’ उनले भने, ‘शिक्षा मन्त्रीलाई पनि थाहा छ, नेपालमा दुई लाख हाराहारीमा शिक्षक छन्। उनीहरू यस विषयको मुख्य सरोकारवाला हुन् तर उनीहरूसँग संवाद नगरी विधेयक दर्ता भयो।’
सरकारले नेपाल शिक्षक महासंघ र राहत शिक्षकहरूसँग विभिन्न विषयमा सहमति गरेको थियो। विधेयक दर्तापछि शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले सम्झौता गरेको उनले बताए।
सांसद पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई शिक्षकहरूसँग गरिएका सहमति कसरी शिक्षा विधेयकमा समेटिन्छन् भन्ने प्रश्न गरे ।
‘शिक्षा मन्त्रीलाई मेरो प्रश्न छ, शिक्षकहरूसँग गरिएका सहमति विधेयकमा कसरी समेटिन्छ ? ,’ उनले भने।
विधेयकमा गुणस्तरीय शिक्षाबारे खासै बुँदा समावेश नभएको उनले टिप्पणी गरे । उनले शिक्षा सोच, सीप र समृद्धिसँग जोडिनुपर्ने पनि बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण