राष्ट्रपतिसँग विवेकशील साझा पार्टीका नेताहरुको भेट, संवैधानिक संस्थाहरुको गरिमा बचाउन आग्रह
काठमाडौँ । विवेकशील साझा पार्टीका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर विवेकशील साझा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको हो ।
भेटमा अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा।सुशील साह लगायतको उपस्थिति रहेको थियो ।
लोकतन्त्रको संस्थागत विकास र नागरिकको संवृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भन्दै विवेकशील साझा पार्टीले ती संस्थाहरुलाई दलियकरणबाट मुक्त गर्नु पर्ने राष्ट्रपतिलाई अवगत गराएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संवृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण