विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – एडन मारक्रम (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकी टोलीका अलराउन्डर खेलाडी हुन्, एडन मारक्रम । उनी दक्षिण अफ्रिकालाई उमेर समूहको विश्वकपको उपाधि दिलाउने पहिलो कप्तान पनि हुन् । दक्षिण अफ्रिकाको सिनियर टोलीले भने हालसम्म एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन ।
२९ वर्षीय एडन मारक्रमले सन् २०१४ मा दक्षिण अफ्रिकालाई यू—१९ विश्वकपको उपाधि चुमाएका थिए । त्यो विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । त्यो विश्वकपमा एडन मारक्रम दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका थिए । समग्रमा भने उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा थिए ।
मारक्रमले सन् २०१७ को अक्टोबर २२ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले पहिलो एकदिवसीय खेल बंगलादेशविरुद्ध खेलेका थिए । आफ्नो ‘डेब्यू’ खेलमै उनले ६६ रन बनाएका थिए । दक्षिण अफ्रिका दुई सय रनले विजयी भएको त्यो खेलमा उनले दुई विकेट पनि लिएका थिए ।
उनले हालसम्म दक्षिण अफ्रिकाका लागि ५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय खेलमा उनले ३५.४२ को औसतले कुल एक हजार ६ सय ६५ रन बनाएका छन् । उनले दुई शतक र सातवटा अर्धशतक पनि हिर्काएका छन् । एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय ७५ रन हो ।
यसैगरी मारक्रमले दक्षिण अफ्रिकाका लागि ३५ टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ३६.२६ को औसतले कुल दुई हजार दुई सय ८५ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ६ शतक र १० वटा अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ५२ रन हो ।
यसका अतिरिक्त उनले देशका लागि ३७ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ३९.३७ को औसतले कुल एक हजार ६३ रन बनाएका छन् । टी—२० क्रिकेटमा उनले नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी—२० मा उनको उच्च स्कोर ७० रन हो ।
मारक्रमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६, टेस्ट क्रिकेटमा दुई र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा नौवटा विकेटसमेत लिएका छन् । गत महिना खेलिएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खलामा उनी प्लेयर अफ दी सिरिज घोषित भएका थिए । पाँच खेलको उक्त शृङ्खलामा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३—२ ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण