इन्जुरी समयमा दुई गोल गर्दै युनाइटेडको नाटकीय जीत
शनिबार, २० असोज २०८०, २२ : १०
ओल्डट्राफोड । इन्जुरी समयमा दुई गोल गर्दै म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा अर्को लज्जास्पद हारबाट जोगिएको छ । स्कट म्याकटोमिनीले इन्जुरी समयमा ४ मिनेटको अन्तरमा दुई गोल गर्दै युनाइटेडलाई ब्रेन्टफोर्डविरुद्ध २–१ को जीत दिलाएका हुन् ।
ब्रेन्टफोर्डका म्याथिएस जेनसनले पहिलो हाफमा गोल गर्दै युनाइटेडलाई सन् १९७७ पछि पहिलोपटक घरेलु मैदानमा लगातार तेस्रो हारको संघारमा पुर्याएका थिए । तर, खेल सकिन ३ मिनेट बाँकी छँदा मैदानमा प्रवेश गरेका म्याकटोमिनीले ९२ औ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।
त्यसपछि एन्टोनी मार्सियालको प्रहार गोलकिपर थोमास स्ट्राकोसाले रोके पनि ह्यारी म्याग्वायरको पासमा म्याकटोमिनीले अर्को गोल थप्दै टोलीको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड १२ अङ्कसहित नवौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण