आफ्नै गृह जिल्लाको सडकमा डा. भट्टराईको गाडी फसेपछि ...
आइतबार, २१ असोज २०८०, १२ : ११
काठमाडौँ । वर्षा याममा ग्रामीण सडकको अवस्थाबारे तपाइँ हामी जानकार नै छौँ । सडकको अवस्था जीर्ण हुँदा पनि स्तरोन्नति नभएपछि नागरिकहरू नेतालाई गाली गर्दै यात्रा गरिरहेको भेटिन्छन् ।
तर नेताहरू नै यस्ता सडकमा फसे भने के भन्छन् होला ? हालै आफ्नो गृह जिल्लाको सडकमा पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गाडी फस्न पुग्यो । हिलाम्मे सडकमा गाडी फसेको तस्बिरसहित डा. भट्टराईले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् ।
गोरखाको भीमसेन गाउँपालिका–६ रिपमा उनको गाडी फसेको हो । गाडी फसेपछि पैदल नै उनी अगाडि बढेको तस्बिरमा देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -'गोरखा भीमसेन गापा-६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव ! ग्रामीण क्षेत्रका प्रायः सडकको अवस्था यस्तै !'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण