बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – मिचेल स्टार्क (अस्ट्रेलिया)

आइतबार, २१ असोज २०८०, १२ : ३९
आइतबार, २१ असोज २०८०

काठमाडौँ । अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन्, मिचेल स्टार्क । उनी विश्वकपका लागि घोषित अस्ट्रेलियन टोलीका अनुभवी खेलाडी पनि हुन् । अस्ट्रेलियाको थुप्रै सफलतामा उनी निर्णायक साबित हुँदै आएका छन् । 

अस्ट्रेलियाले सन् २०१५ को एकदिवसीय विश्वकप जित्दा पनि उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । त्यो विश्वकपमा उनी सबैभन्दा बढी विकेट लिने बलर पनि बनेका थिए । त्यो विश्वकपमा उनले आठ खेल खेल्दै २२ विकेट लिएका थिए । 

यसैगरी उनी सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि सबैभन्दा बढी विकेट लिने बलर बनेका थिए । त्यो विश्वकपमा उनले कुल १० खेल खेल्दै २७ विकेट लिएका थिए । यद्यपि, उक्त विश्वकपमा अस्ट्रेलियन टोली सेमिफाइनलमा इङ्ल्यान्डसँग पराजित भएको थियो । 

३३ वर्षीय स्टार्कक बायाँहाते तीव्र गतिका बलर हुन् । टोलीलाई आवश्यक पर्दा उनी जिम्मेवारीपूर्वक ब्याटिङ पनि गर्छन् । उनले देशका लागि हालसम्म एक सय ११ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

स्टार्कले एकदिवसीय प्रतियोगितामा २२.२३ को औसतले दुई सय २० विकेट लिइसकेका छन् । एकदिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २८ रन दिएर ६ विकेट हो । उनले एकदिवसीय प्रतियोगितामा नौपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् ।

यसैगरी उनले एकदिवसीय क्रिकेटमा १२ पटक चार विकेट पनि लिएका छन् । उनले एकदिवसीय क्रिकेटमा ६३ पाली ब्याटिङ गर्दै कुल चार सय ८४ रन पनि बनाएका छन् । ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन अविजित ५२ रन हो । 

स्टार्कले सन् २०१० को अक्टोबर २० मा भारतविरुद्ध खेल्दै एकदिवसीय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । तीव्र गतिका यी प्रभावशाली बलरले देशका लागि ८२ टेस्ट खेल्दै २७.६० को औसतले कुल तीन सय ३३ विकेट लिएका छन् ।

टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ५० रन दिएर ६ विकेट हो । उनले १४ पटक पाँच वा त्योभन्दा बढी र १८ पटक चार विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले एक हजार नौ सय ८० रन पनि बनाएका छन् । टेस्टमा उनले १० वटा अर्धशतक हिर्काएका छन् । उनको उत्कृष्ट प्रदर्शन ९९ रन हो ।

यसैगरी उनले अस्ट्रेलियाका लागि ५८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० मा उनले ७३ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर चार विकेट हो । टी—२० मा उनले ९४ रन पनि बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप