एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई निषेध
काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगिसकेका छन् । तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावल भने आफ्नै गृह प्रदेशको अधिवेशनमा पनि अनुपस्थित भएका छन् ।
अधिवेशनमा आमन्त्रण नगरेकाले आफू अधिवेशनमा सहभागी नभएको रावलले बताए । ‘म गृह जिल्ला अछाममै छु’, रावलले भने, ‘मलाई अधिवेशनबारे कसैले जानकारी गराएको छैन । कुनै जानकारी नै नभई जाने कुरा भएन’,रावलले रातोपाटीसँग भने ।
गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भए पनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण