एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई निषेध

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगिसकेका छन् । तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावल भने आफ्नै गृह प्रदेशको अधिवेशनमा पनि अनुपस्थित भएका छन् ।
अधिवेशनमा आमन्त्रण नगरेकाले आफू अधिवेशनमा सहभागी नभएको रावलले बताए । ‘म गृह जिल्ला अछाममै छु’, रावलले भने, ‘मलाई अधिवेशनबारे कसैले जानकारी गराएको छैन । कुनै जानकारी नै नभई जाने कुरा भएन’,रावलले रातोपाटीसँग भने ।
गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भए पनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर