यी हुन् एमाले सुदूरपश्चिम अध्यक्षका तीन आकांक्षी
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तीन जना आकाङ्क्षी देखिएका छन् । आइतबारबाट सुरु भएको प्रदेश अधिवेशनमार्फत नेतृत्वमा पुग्न हाल प्रदेश उपाध्यक्ष रहेका कमल तिमिल्सिना, सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाएका हुन् ।
सिंहले केहीदिन अघि कञ्चनपुरमा पत्रकार सम्मेलन नै गरेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यस्तै तिमिल्सिना र जैशीले पनि आफू निकटस्थहरूमार्फत अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । तिमिल्सिना, जोशी र सिंह तीनै जनाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भन्दै छलफल र आन्तरिक गृहकार्य गरिरहेका छन् । तिमिल्सिना र जैसी अछामका हुन् भने सिंह कञ्चनपुरका स्थानीय बासिन्दा हुन् ।
सबैभन्दा पहिला अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका सिंह एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष पनि हुन् । अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका थिए ।
आकाङ्क्षी देखिएका जैसी अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएका नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण