आधुनिक वृद्धाश्रम र व्यवस्थित सुधार गृह बनाउन आवश्यक : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले व्यवस्थित सुधार गृह बनाउनुपर्ने बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले बाल सुधार गृहमा दिनप्रतिदिन संख्या बढ्दै जाने अवस्था रहेको भन्दै व्यवस्थित सुधार गृह बनाउन जरुरी रहेको बताए । उनले अनुगमनका क्रममा आफूले सुधार गृहमा कोचिएर बालबालिकाहरु राखेको देखेको भन्दै उनीहरुलाई बस्न समेत गाह्रो रहेको बताए । उनले सुधार गृह अत्यन्त कम क्षमताका भएकाले सुधार गृह बढाउन आवश्यक रहेको बताए ।
मन्त्री आचार्यले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रुपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि बताए । उनले मन्त्रालयको बजेट १ अर्ब २४ करोड बजेट रहेको भन्दै बजेट अभावले सोचेअनुरुपको काम गर्न नसकिने बताए ।
मन्त्री आचार्यले देशमा आधुनिक र व्यवस्थित खालको वृद्धाश्रम आवश्यक रहेको बताए । उनले सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य भइसकेको बताए । उनले गोठाटारको वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिएपनि अहिलेसम्म त्यहाँको जग्गामा नै विवाद रहेको बताए । उनले गोठाटारमा अब सके सोही जग्गा मिलाउने र नभए त्यसको विकल्पको रुपमा नजिकै जग्गा किनेर भएपनि वृद्धाश्रम बनाउने बताए ।
मन्त्री आचार्यले परिवारबाट हेला भएका वृद्धवृद्धालाई राज्य अभिभावक भएर हेर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण