विद्यालय शिक्षा विधेयक विद्यार्थीको पक्षमा नरहेको नेविसंघको ठहर
काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो धारणा सार्वजनिक गरेको छ। संसद्मा छलफलमा रहेको विधेयकबारे नेविसंघले विद्यार्थी केन्द्रित नभएकाले अपुरो रहेको ठहर गरेको हो।
काठमाडौँ आयोजित पत्रकार सम्मेलनमार्फत नेविसंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा व्यवस्था भएका प्रावधानहरू विद्यार्थी केन्द्रीत नभएको हुनाले यो विधेयक अपूर्ण र अपुष्ट रहेको निष्कर्ष निकालेको हो ।
त्यस्तै सार्वजनिक शिक्षा मात्रै निःशुल्क र निजी लगानीमा संस्थापना भएका विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था नेपालको संविधान २०७२ को धारा ३१ सँग बाझिएको भन्दै त्यसैले विद्यालय शिक्षा पूर्णत निःशुल्क हुनुपर्ने निष्कर्ष समेत निकालेको छ।
प्रारम्भिक बालविकास केन्द्र विद्यालय शिक्षा अन्तरगत नै रहने गरी गुणस्तरीय एवं विश्वस्तरीय हुनुपर्ने र उक्त कार्यक्रम तिन वर्षे बनाउनुपर्ने समेत जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण