शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘जनतालाई जागृत बनाउन मेची–महाकाली अभियान’

आइतबार, २१ असोज २०८०, २२ : ४५
आइतबार, २१ असोज २०८०

लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गरेका छन् ।

जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह थपिएको बताउँदै अध्यक्ष नेपालले पार्टीको जागरण अभियानको मुख्य उद्देश्य जनताका मुद्दा सम्बोधनमा सघाउनु भएको बताए । 

भैरहवामा आज आयोजित जनसभामा नेता नेपालले जनताको जीवनस्तर सुधार गर्ने सङ्कल्पका साथ अभियान थालिएको उल्लेख गर्दै बेरोजगारी समस्या समाधान गर्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिए पनि मुख्य समस्याका रूपमा गरिबी रहेको उल्लेख गर्दै गरिबी र बेरोजगारी उन्मूलन गर्नु पार्टीको मुख्य कार्यभार भएको बताए ।

उपमहासचिव विजय पौडेलले सबल एवं सशक्त समाजवादी पार्टी निर्माणका लागि मेची–महाकाली अभियान सुरू गरिएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप