‘जनतालाई जागृत बनाउन मेची–महाकाली अभियान’
लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गरेका छन् ।
जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह थपिएको बताउँदै अध्यक्ष नेपालले पार्टीको जागरण अभियानको मुख्य उद्देश्य जनताका मुद्दा सम्बोधनमा सघाउनु भएको बताए ।
भैरहवामा आज आयोजित जनसभामा नेता नेपालले जनताको जीवनस्तर सुधार गर्ने सङ्कल्पका साथ अभियान थालिएको उल्लेख गर्दै बेरोजगारी समस्या समाधान गर्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
महासचिव घनश्याम भुसालले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिए पनि मुख्य समस्याका रूपमा गरिबी रहेको उल्लेख गर्दै गरिबी र बेरोजगारी उन्मूलन गर्नु पार्टीको मुख्य कार्यभार भएको बताए ।
उपमहासचिव विजय पौडेलले सबल एवं सशक्त समाजवादी पार्टी निर्माणका लागि मेची–महाकाली अभियान सुरू गरिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण