थप दुई प्रदेशबाट मनसुन बाहिरियो
सोमबार, २२ असोज २०८०, ०५ : ३९
काठमाडौँ । यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण