सरुवा माग्दै इन्जिनियरहरू
काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विभिन्न निकायमा कार्यरत इन्जिनियर तथा सब इन्जिनियरहरूको नियमित सुरुवा रोकिएको छ । मन्त्रालय अन्तर्गत रहेका १३ सय बढी इन्जिनियर तथा सब इन्जिनियरहरू सरुवा माग गर्दै सडक विभागमा हुलहुज्जत गर्न थालेका छन् ।
कार्यक्षेत्र छाडेर विभागमा उनीहरू जम्मा हुँदा सम्बन्धित ठाउँको मात्र होइन विभागको समेत काम प्रभावित हुन पुगेको छ । शुक्रबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको कार्यकक्षभित्र अमर्यादित तरिकाले प्रस्तुत भएका उनीहरूले आइतबार दिनभरि बबरमहलस्थित सडक विभागको कार्यालयमा त्यस्तै हर्कत गरेका छन् । उच्च कर्मचारीहरूको कोठा / कोठामा पुगी आक्रोश पोखेका थिए भने मन्त्रालयमा पनि उनीहरूले उस्तै तरिकाले विरोध गरे ।
सडक विभागका प्रवक्ता रामहरि पोखरेलले विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसेका इन्जिनियरलाई आ-आफ्नो जिल्लामा अनिवार्य रूपमा फर्कन निर्देशन दिएको बताए । भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभरि इन्जिनियर करिब पाँच सय तथा सबइन्जिनियर ( नायब सुब्बा सरह) करिब आठ सय छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण