यातायात व्यवसायी भन्छन्, ‘सडकका कारण दसैँका यात्रु समयमै गन्तव्यमा पुग्न कठिन हुनसक्छ’

काठमाडौँ । सरकारले समयमै सडक मर्मत नगर्दा दसैँका यात्रुहरूले समयमै गन्तव्यमा पुग्न कठिनाइ हुनसक्ने यातायात व्यवसायीले बताएका छन् । दसैँका लागि आजबाट सुरु भएको अग्रिम टिकट बुकिङमा यात्रुहरूको उल्लेख्य चाप रहे पनि सडकको अवस्थाले गर्दा यात्रुहरूले सोचेजस्तो सहजै यात्रा नहुन सक्ने उनीहरुले बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुहरूको सुरक्षा र सहज सेवा प्रदान गर्न यातायात व्यवसायीले सक्दो प्रयास गरिरहेपनि कतिपय स्थानमा सडकको जीर्ण अवस्थाले केही कठिनाइ उत्पन्न हुनसक्ने बताए । उनले चाडवाड र भीडभाडका बेला यात्रुहरूले पनि सजगता अपनाउनुपर्ने भन्दै भाडामा नठगिउन् भनेर यातायात व्यवस्था विभागको वेबसाइटमा भाडादर राख्न लगाएको बताए ।
यात्रुहरूको सहजताका लागि काठमाडौँका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने भन्दै जतिसक्दो छिटो यात्रुहरूलाई गन्तव्यमा पुर्याउन आफ्नोतर्फबाट पहल हुने उनको भनाई छ । ‘मुग्लिन–पोखरा ८० किमी सडक अस्तव्यस्त छ । बुटवल, विराटनगर, काभ्रेको भकुण्डेलगायतका सडक मर्मत भएका छैनन् । हामीले बिग्रेका सडक मर्मत गर्न पटकपटक भनेका छौ’, सिटौलाले भने, ‘ती सडक मर्मत भए र ट्राफिक प्रहरीले पनि चेकजाँचको बहानामा अनावश्यक समस्या नदिए यात्रा सहज हुन्छ ।’
उनले यात्रुहरूलाई पनि आधिकारिक काउन्टरमा पुगेर टिकट काट्न तथा जानुपर्ने स्थान र आफूले तिरेको पैसा खुलाएको टिकट मात्र लिन आग्रह गरे । सिटौलाले व्यवसायीले दशैका बेला भाडा नबढाएको भन्दै भाडा बढेको भन्ने हल्लामा सत्यता नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट
-
कुन प्रदेशको बजेट कति ?
-
राप्रपा नेपालको निर्णय : आन्दोलन सशक्त ढंगले अघि बढाइने, भ्रष्टाचार काण्डको उच्चस्तरीय छानबिनको माग
-
लुम्बिनी सरकारले उद्योग मन्त्रालयका लागि छुट्यायो १ अर्ब ९० करोड बजेट
-
अहमदाबाद विमान दुर्घटना : गुजरातका पूर्व मुख्यमन्त्रीको शव पहिचान
-
मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट