सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

अहमदाबाद विमान दुर्घटना : गुजरातका पूर्व मुख्यमन्त्रीको शव पहिचान

आइतबार, ०१ असार २०८२, १९ : ००
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • अहमदाबाद विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको शवको पहिचान डीएनए परीक्षणबाट भएको पुष्टि भयो।
  • विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७५ पुगेको छ भने २३० परिवारसँग सम्पर्क भइसकेको छ।
  • मृतकका शवहरूलाई एम्बुलेन्समार्फत गृह जिल्ला वा घरसम्म पुर्‍याइनेछ, जसका लागि २३० टोली परिचालन गरिएको छ।

अहमदाबाद । अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको शवको पहिचान गरिएको छ। आइतबार उनको डीएनए परीक्षण मिलेसँगै यो पुष्टि गरिएको हो। परिवारका अनुसार उनको अन्तिम संस्कार सोमबार दिउँसो ३ बजे राजकोटमा गरिनेछ।

यता, १२ जुनमा भएको उक्त विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या हालसम्म २७५ पुगेको छ। अहमदाबाद सिभिल अस्पताल प्रशासनका अनुसार हालसम्म २३० परिवारसँग सम्पर्क भइसकेको छ। आज बिहानसम्म २४८ वटा शवका डीएनए नमुना संकलन गरिएका थिए, जसमा ३१ जनाको पहिचान भइसकेको छ भने २२ वटा शवहरू परिवारलाई बुझाइएको छ। ती शवहरूसँगै मृत्यु प्रमाणपत्र पनि प्रदान गरिएको प्रशासनले जनाएको छ।

शवहरूलाई एम्बुलेन्समार्फत सुरक्षाका साथ सम्बन्धित मृतकका गृह जिल्ला वा घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। यसका लागि २३० वटा टोली परिचालन गरिएको छ, जसले पीडित परिवारहरूसँग सिधा सम्पर्कमा रहेर सहयोग पुर्‍याइरहेका छन्। १९२ वटा एम्बुलेन्स तथा अन्य सवारी साधन तयारी अवस्थामा राखिएका छन्।

दुर्घटनामा ज्यान गुमाएका विदेशी नागरिकहरूमध्ये ११ जनाका आफन्तहरू आज अहमदाबाद आइपुग्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप