सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको दसैँ अफर, सात लाख तीस हजारसम्मको फाइदा

सोमबार, २२ असोज २०८०, ०९ : ५५
सोमबार, २२ असोज २०८०

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई  टाटा मोटर्स बडा दसैँ बडा अफर सार्वजनिक गरेको छ । 

उक्त योजना अन्तर्गत ग्राहक महानुभावहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा रु सात लाख तीस हजारसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् । यस योजनामा नगद छुट,  वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन् । 

यसका साथै टाटा ईभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ । ईभी तथा आइस रेञ्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्स्का शोरुमहरुमा सम्पर्क गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप