रौतहटमा तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना
रौतहट। दसैँ तिहारमा यात्रुहरूको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ३ स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ तिहारसँगै छठ पर्वको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम गौरसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।
जिल्ला सदरमुकाम गौर, मुख्य व्यापारिक केन्द्र गरुडा र महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुर बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर सुशील आचार्य बताएका छन्।
सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए । उनले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक प्रहरीको मोबाइल नम्बर ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्न ट्राफिक प्रहरी रौतहटले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण