केन्द्रीय बैंकले आज १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, २२ असोज २०८०, ११ : ००
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ३ अर्ब रुपैयाँ छुट्याइएको छ ।
आज बोलकबोल हुने ट्रेजरी भोलि मंगलबार अर्थात् असोज २३ गते बिक्री गरिनेछ । यसअघि केन्द्रीय बैंकले असोज १५ गते २० अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण