एउटै राष्ट्रमा पाँचपटक विश्वकपको सफल आयोजना
काठमाडौँ । बेलायतलाई क्रिकेटको जननी राष्ट्र भनिन्छ । सबैभन्दा बढी पटक आईसीसी एकदिवसीय विश्वकप आयोजना गर्ने राष्ट्र पनि इंग्ल्याण्ड नै हो ।
इंग्ल्याण्डले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको सफल आयोजना गरेको छ । विश्वकपको पहिलो संस्करण पनि सन् १९७५ मा इंग्ल्याण्डमै आयोजना भएको थियो । त्यसपछि सन् १९७९ मा दोस्रो र सन् १९८३ मा तेस्रो संस्करण पनि इंग्ल्याण्डले नै आयोजना गरेको थियो ।
सन् १९९९ मा पनि इंग्ल्याण्डले चौथोपटक विश्वकपको आयोजना गरेको थियो । त्यतिबेला इंग्ल्याण्डले आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र वेल्ससँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गरेको थियो । सन् २०१९ मा विश्वकपको १२औँ संस्करण इंग्ल्याण्ड र वेल्समा आयोजना भएको थियो ।
क्रिकेटको जननी राष्ट्र भए पनि इंग्ल्याण्डले विश्वकपको उपाधि भने हालसम्म एक पटकमात्र जित्न सकेको छ । इंग्ल्याण्डले सन् २०१९ मा विश्वकप जितेको हो । त्यतिबेला इंग्ल्याण्डले फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण