नेविसंघ केन्द्रको निर्देशनमा त्रिवि सेवा आयोगको ताला खुल्यो
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाएको ताला सोमबार खोलिएको छ । सो संगठनले आज एक विज्ञप्ति जारी गरी आयोग कार्यालयमा लगाइएको तालाबन्दीको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघ त्रिवि जिल्ला कमिटीले ताला खोलेको छ । केही दिनअघि नेविसंघ त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढ्न खोजेको भन्दै तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको थियो ।
सो संगठनले आयोगले विगतकै अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढाउन खोजिएका काम कारबाहीलाई यथावत रुपमा अगाडि बढाउने गरी अन्तर्वार्ता लगायतका कार्यक्रम अगाडि बढाएको र यस्ता विवादास्पद विज्ञापन र मूल्यांकनका आधारमा त्रिवि सेवा आयोगले गर्ने काम कारवाही विश्वविद्यालयको हितमा नहुने भन्दै तालबान्दी गरिएको जनाएको थियो । तर अहिले हाललाई अन्तरवार्ता स्थगित भएको र नेविसंघ केन्द्रीय कार्यसमितिको पनि ताला खोल्ने स्पष्ट निर्देशनअनुसार तालबन्दी स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले अन्य विरोधका कार्यक्रम भने यथावत रहेको अवगत गराउँदै आगामी दिनमा अन्तरवार्ता सञ्चालन गर्नुपूर्व आफूहरुले राखेका मागलाई सम्बोधन गरेर मात्र अघि बढ्न अनुरोध गरेको छ । त्यसो नगरिए अझै कडा आन्दोलन गर्ने चेतावनी समेत सो संगठनले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण