श्रममन्त्री भण्डारी र आईएलओका निर्देशकबीच भेटवार्ता
सोमबार, २२ असोज २०८०, १९ : ४१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बर्लिन ब्यूरो निर्देशकबीच भेटवार्ता भएको छ । जर्मनीसँग श्रम समझदारी गर्न त्यहाँ पुगेका मन्त्री भण्डारी र आईएलओ बर्लिन ब्यूरो निर्देशक डा. अन्नेट्टे निइडेर्फ्र्याकंबीच शिष्टाचार भेटवार्ता भएको हो ।
बर्लिनस्थित नेपाली दूतावासमा भएको भेटवार्ताको क्रममा मर्यादित एवं सुरक्षित श्रम आप्रवास र नेपाली कामदारको सामाजिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो । भेटको क्रममा नेपाली कामदारको सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक लगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा कुराकानी भएको थियो ।
जमर्नीसँग अक्टोबर ११ तारिखमा श्रम समझादारी हुनेछ । त्यसका लागि मन्त्री भण्डारी नेतृत्वको टोली जमर्नी पुगेको हो । सोही क्रममा निर्देशकसँग भेट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण