प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिंहदरबारमा मन्त्रीकै अगाडि भनाभन
रौतहट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल र आम जनता पार्टीका केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाबिच भनाभन र गालीगलौज भएको छ ।
मेयर जैसवालले कटहरिया नगरपालिकाका कर्मचारी कादिरबाबु देवानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाउन कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव सुमन दाहालसँग कुरा गरिरहेका थिए । सोही क्रममा त्यहाँ पहिलादेखि बसिरहेका आमजनता पार्टीका केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले कुनै उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउनुपर्ने सुझाएका थिए ।
अन्यथा देवानभन्दा सिनियर स्वास्थ्य क्षेत्रका अर्का कर्मचारी हरिनारायण साहलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा राम्रो हुने उनको प्रस्ताव थियो । त्यसपछि सापकोटा र मेयर अजय प्रकाशबिच मन्त्रीकै अगाडि भनाभन भएको थियो ।
त्यसको केही समयपछि त्यही विषयलाई लिएर मेयर जैसवाल र आमजनता पार्टीका कार्यकर्ता कटहरिया–५ का दीपक कुमार दुबेबिच समेत गालीगलौज तथा हात हालाहाल भएको थियो ।
स्थानीय तहका कर्मचारी कादिरबाबु देवान पाँचौँ तहका र स्वास्थ्य कर्मचारी हरिनारायण साह सातौँ तहका कर्मचारी हुन् । देवान यसअघि अख्तियारको विभिन्न मुद्दामा परेर लामो समय निलम्बित थिए ।
कटहरिया नगरपालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर तत्कालीन शाखा अधिकृत हाल उपसचिव किरणनिधि तिवारी गएका थिए । कटहरिया नगरको बेथिति देखेर तिवारी केही समयमै सरुवा गराई अन्यत्र गएका थिए । तर निमित्त प्रमुखको जिम्मेवारी लिएर जाने तल्ला तहका कर्मचारीले भने नगरमा हुने गरेको बेथितिको कहिल्यै विरोध गर्न नसकेको त्यहाँ कार्यरत कर्मचारीहरूनै स्वीकार गर्छन् । त्यसैले पनि जनप्रतिनिधिहरु तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर आफूखुसी काम गर्न चाहने जानकारहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण