नागरिकहरूको मृत्यु हुँदा सरकार बेखबर हुनु लज्जास्पद : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रचण्ड नेतृत्वको सरकारले इजरायलको पक्षमा वक्तव्यबाजी गरेर साम्राज्यवादको दलाली गरेको आरोप लगाएको छ । आइतबार इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतङ्ककारी हमलामा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।
‘इजरायली सत्ताबाट प्यालेस्ताइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारको पक्षमा वक्तव्यबाजी गर्ने दाहाल सरकारको साम्राज्यवाद प्रतिको दलाली लज्जास्पद परिघटना हो । हाम्रो पार्टी यसको भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
विदेशी भूमिमा नागरिकहरूको हताहाति हुँदा पनि नेपालको दूतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नु सरकार र यसका निकायहरूको लाचारीपन भएको आरोप छ ।
साथै इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू, श्रमजीवी कामदारहरू तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरूलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण