उपत्यकामा १३ ठाउँमा दसैँ केन्द्रित यात्रु सहायता कक्ष
काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रहरीले दसैँ केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ, तिहार र छठ पर्वमा पुर्ख्यौली थातथलोमा फर्किने यात्रुहरूलाई सहजीकरण गर्नका लागी सहायकता कक्ष स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
सवारी चाप व्यवस्थापन, टिकटमा हुने कालोबजारी र ठगी नियन्त्रण गर्न सहायता कक्ष प्रभावकारी हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । काठमाडौँको सुन्धारा, नागढुंगा, कलंकी, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खु र भक्तपुरको जगातेमा सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रु सहायता कक्षमा खटिने सुरक्षाकर्मीले तोकिएको भाडादार भन्दा धेरै भाडा लिने, लामो दूरीका सवारीमा दुई जना चलाक राखेको नराखेको चेकजाँच गर्छन् । काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिने एसएसपी भट्टले जानकारी दिए ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सीमा नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था गरिने एसएसपी भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण