विश्वकपका सफल कप्तान क्लाइभ लोयड र रिकी पोन्टिङ
मङ्गलबार, २३ असोज २०८०, १४ : ०४
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा दुईजना खेलाडीलाई सफल कप्तानका रूपमा हेर्ने गरिन्छ । यी दुई खेलाडीले आफ्नो राष्ट्रलाई कप्तानका रूपमा दुई—दुई पटक विश्वकपको उपाधि चुमाएका थिए ।
क्यारेबियन टोली वेस्ट इन्डिजका क्लाइभ लोयडले कप्तानका रूपमा वेस्ट इन्डिजलाई दुई पटक विश्वकप जिताएका थिए । उनको कप्तानीमा वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । उनी कप्तानका रूपमा दुईपटक विश्वकपको उपाधि जित्ने पहिलो कप्तान पनि हुन् ।
यसका अतिरिक्त रिकी पोन्टिङले पनि कप्तानका रूपमा अस्ट्रेलियालाई दुईपटक विश्वकपको उपाधि चुमाएका थिए । पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले सन् २००३ र सन् २००७ मा विश्वकपको उपाधि उचालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण