बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध

मङ्गलबार, २३ असोज २०८०, १६ : १८
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । स्थानीय तहका कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनलाई लिएर कर्मचारी ट्रेड युनियनहरुले विरोध जनाएका छन् । विभिन्न ५ वटा युनियनहरूले विज्ञप्ति जारी घटनाको निन्दा र भर्त्सना गरेको छ ।

उनीहरुले घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका गोपाल प्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अम्बादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका गगनसिंह विष्ट र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप