सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा शीर्ष नेताहरूसँग छलफल गर्नुपर्छ: मन्त्री गुरुङ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानुन , न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्ने सन्दर्भमा शीर्ष नेताहरूसँग छलफल गर्दै अगाडी बढ्नुपर्ने बताएका हुन् । समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको छ । उनले सो विधेयक समितिले छलफल गरी पारित गर्नुपर्ने भन्दै अप्ठ्यारो परेको अवस्थामा दलका शीर्ष नेताहरूसँग छलफल गरेर अगाड बढ्नुपर्ने बताए । यद्यपि शीर्ष नेताहरूसँग छलफल गरे पनि निर्णय भने समितिको नै हुने उनको भनाइ छ ।
उनले भने, ‘यसमा छलफल गरेर हामी अगाडी बढ्ने हो । र शीर्ष नेताहरूसँग पनि हामी छलफल साइड बाइ साइड छलफल गर्दै पनि अगाडी बढ्ने हो । अपmअप्ठ्यारो प¥यो भने सोध्ने न हो । अपmअप्ठ्यारो प¥यो भने छोराछोरीले बा, आमालाई सोध्छन् नि त कहिलेकाहीँ । किन लजाउनुप¥यो । तर निर्णय यही समितिको हुन्छ । यही समितिले टुङ्ग्याएर अगाडी बढ्छ । यो समितिले टुङ्ग्याउन सकेन त्यसैले जे सुकै होस् भन्दैनौँ हामी । मेरो विनम्र साथ अनुरोध हो ।’
उनले तत्कालीन राज्य पक्ष र विद्रोहीका बिचमा भएको बृहत् शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण