मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा शीर्ष नेताहरूसँग छलफल गर्नुपर्छ: मन्त्री गुरुङ

मङ्गलबार, २३ असोज २०८०, १७ : ४७
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानुन , न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्ने सन्दर्भमा शीर्ष नेताहरूसँग छलफल गर्दै अगाडी बढ्नुपर्ने बताएका हुन् । समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको छ । उनले सो विधेयक समितिले छलफल गरी पारित गर्नुपर्ने भन्दै अप्ठ्यारो परेको अवस्थामा दलका शीर्ष नेताहरूसँग छलफल गरेर अगाड बढ्नुपर्ने बताए । यद्यपि शीर्ष नेताहरूसँग छलफल गरे पनि निर्णय भने समितिको नै हुने उनको भनाइ छ ।

उनले भने, ‘यसमा छलफल गरेर हामी अगाडी बढ्ने हो । र शीर्ष नेताहरूसँग पनि हामी छलफल साइड बाइ साइड छलफल गर्दै पनि अगाडी बढ्ने हो । अपmअप्ठ्यारो प¥यो भने सोध्ने न हो । अपmअप्ठ्यारो प¥यो भने छोराछोरीले बा, आमालाई सोध्छन् नि त कहिलेकाहीँ । किन लजाउनुप¥यो । तर निर्णय यही समितिको हुन्छ । यही समितिले टुङ्ग्याएर अगाडी बढ्छ । यो समितिले टुङ्ग्याउन सकेन त्यसैले जे सुकै होस् भन्दैनौँ हामी । मेरो विनम्र साथ अनुरोध हो ।’

उनले तत्कालीन राज्य पक्ष र विद्रोहीका बिचमा भएको बृहत् शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप