रिजवान चम्किँदा पाकिस्तानले पछ्यायो कीर्तिमानी लक्ष्य
हैदराबाद । मोहम्मद रिजवानको शतकीय पालीको मद्दतले पाकिस्तानले श्रीलङ्काले प्रस्तुत गरेको ३ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको छ । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो ।
यसअघि सन् २०११ को विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डले राखेको ३ सय २९ रनको लक्ष्य भेट्याएको थियो । मंगलबार पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा १० बल बाँकी छँदै उक्त कीर्तिमानी लक्ष्य पछ्याउन सफल भयो ।
आजको खेलमा नायक बनेका रिजवानले मात्र १२१ बलमा नटआउट रहँदै १३१ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो सबैभन्दा उच्च स्कोर पनि हो । उनले ८ चौका र ३ छक्का हिर्काए । उनलाई ओपनर अब्दुल्लाह सफिकले १ सय १३ रन बनाउँदै राम्रो साथ दिए । आउट हुन अघि उनले १० चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, साउद सकिलले ३१ तथा इफ्तिकार अहमदले २२ रन बनाउँदै पाकिस्तानको रन चेसलाई सहज बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले कुशल मेन्डिस र सदिरा समाराविक्रमाको शतकको मद्दतले ९ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएको थियो ।
श्रीलङ्काका लागि मेन्डिसले सर्वाधिक १ सय २२ रन बनाए । उनले ७७ बलमा १४ चौका र ६ छक्का हिर्काए । उनलाई समराविक्रमाले ८९ बलमा १ सय ८ रन बनाउँदै साथ लिए । उनले पनि ११ चौका र २ छक्का हिर्काए ।
अन्य ब्याट्सम्यानमा ओपनर पाथुम निशांकाले ५१ रन तथा धनञ्जय डी सिल्भाले २५ रनको योगदान दिए । श्रीलङ्काका लागि हसन अलीले ४ तथा ह्यारिस राउफले २ विकेट लिए ।
प्रतियोगितामा पाकिस्तानको यो दोस्रो जीत हो भने श्रीलङ्काको लगातार दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण