प्रभाव पार्न सक्ने खेलाडी– रोहित शर्मा (भारत)
काठमाडौँ । भारतीय टोलीका कप्तान हुन्, रोहित शर्मा । ३६ वर्षीय अनुभवी खेलाडी शर्मा टोलीको माथिल्लो क्रमका ब्याट्सम्यान हुन् । भारतले हासिल गरेको थुप्रै अन्तर्राष्ट्रिय सफलतामा उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।
माथिल्लो क्रमका आक्रामक ब्याट्सम्यान भए पनि टोलीलाई आवश्यक पर्दा उनी ‘पार्ट टाइम’ बलरको भूमिका पनि निर्वाह गर्छन् । तर, पछिल्लो केही खेलमा उनको प्रदर्शन एकनासको देखिँदैन । खासगरी युवा ब्याट्सम्यान शुभमन गिलको अनुपस्थितिमा उनको काँधमा झनै बढी जिम्मेवारी थपिएको छ ।
शर्माले भारतका लागि हालसम्म दुई सय ५२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनी भारतका लागि एकदिवसीय खेलमा १० हजारभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । एकदिवसीय खेलमा उनले ४८.६१ को औसतले कुल १० हजार एक सय १२ रन बनाएका छन् ।
एकदिवसीय खेलमा उनले ३० शतक र ५२ वटा अर्धशतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर दुई सय ६४ रन हो । यी अलराउन्डर खेलाडीले एकदिवसीय खेलमा ९१ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले भारतका लागि हालसम्म ५२ टेस्ट खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ४६.५४ को औसतले कुल तीन हजार ६ सय ७७ रन बनाएका छन् । टेस्टमा उनले १० शतक र १६ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च प्रदर्शन दुई सय १२ रन हो ।
यसका अतिरिक्त उनले देशका लागि एक सय ४८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० क्रिकेटमा उनले ३१.३२ को औसतले कुल तीन हजार आठ सय ५३ रन बनाएका छन् । टी—२० मा उनको उच्च स्कोर एक सय १८ रन हो ।
शर्माले सन् २००७ को जुन २३ मा आयरल्यान्डविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । यसअघि उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो विश्वकपमा उनले पाँचवटा शतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण