प्रभाव पार्न सक्ने खेलाडी–रसिद खान (अफगानिस्तान)
काठमाडौँ । जारी विश्वकप यात्रामा होमिएको अफगानिस्तानको टोलीका प्रभावशाली खेलाडी हुन्, रसिद खान । २५ वर्षीय रसिद खान अलराउन्डर खेलाडी हुन् । उनको धारिलो बलिङ र आक्रामक ब्याटिङ सधैँ विपक्षी टोलीका खेलाडीहरूको लागि चिन्ताको विषय बन्ने गर्छ ।
विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानहरू समेत रसिद खानको स्पिन बलिङमा अल्मलिने गर्छन् । बुधबार हुने भारतविरुद्घको खेलमा पनि अफगानिस्तानले रसिद खानबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । उसै पनि दिल्लीस्थित अरुण जेट्ली स्टेडियमलाई स्पिन बलरहरूका लागि उपयुक्त मानिन्छ ।
रसिद खानले हालसम्म अफगानिस्तानका लागि ९५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय क्रिकेटको ९० पालीमा उनले कुल एक सय ७२ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन दिएर सात विकेट हो ।
एकदिवसीय क्रिकेटमा उनले चारपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । उनले ६ पटक चार विकेट पनि लिएका छन् । एकदिवसीय क्रिकेटमा उनले ७६ पाली ब्याटिङ गर्दै कुल एक हजार दुई सय २० रन पनि बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा उनले पाँचवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित ६० रन हो । उनले देशका लागि पाँचवटा टेस्ट क्रिकेट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ३४ विकेट लिएका छन् । टेस्टमा उनको उत्कृष्ट प्रदर्शन एक सय ३७ रन खर्चिएर सात विकेट हो ।
रसिदले टेस्ट क्रिकेटमा दुईपटक १० विकेट, चारपटक पाँच वा त्योभन्दा बढी विकेट र एकपटक चार विकेट लिएका छन् । टेस्टमा उनले सात पाली खेल्दै कुल एक सय ६ रन बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर ५१ रन हो ।
यसका अतिरिक्त उनले अफगानिस्तानका लागि ८२ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै कुल एक सय ३० विकेट लिइसकेका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन केवल तीन रन दिएर पाँच विकेट हो । टी—२० मा उनले दुईपटक पाँच वा त्योभन्दा बढी र चारपटक चार विकेट लिएका छन् ।
टी—२० क्रिकेटमा उनले ४६ पाली ब्याटिङ गर्दै कुल तीन सय ७० रन पनि बनाएका छन् । उनको उच्च स्कोर भने अविजित ४८ रन हो । त्यसैले जारी विश्वकपमा अफगानिस्तानले रसिद खानबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण