बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरहरूले फेला पारे मुटुसम्बन्धी नयाँ रोग

बुधबार, २४ असोज २०८०, १२ : ०३
बुधबार, २४ असोज २०८०

काठमाडौँ । अनुसन्धानकर्ताहरूले मुटुमा लाग्ने नयाँ खालको रोग पत्ता लगाएका छन् । कार्डियोभस्कुलर–किड्नी–मेटाबोलिक सिन्ड्रोम (सीकेएम) नाम दिइएको यो रोग हरेक तीनमध्ये एक जना वयस्कमा लाग्न सक्ने खतरा भएको बताइएको छ । 

मिर्गौलाको समस्या, दोस्रो प्रकारको मधुमेह र अत्यधिक मोटोपना अनि मुटुको समस्या सबैको सम्मिश्रण हो यो रोग ।  एक स्वास्थ्य समस्याले अर्कोलाई कसरी प्रभावित पार्छ भन्नेबारे नयाँ तरिकाले सोच्दै जाँदा यो रोगको नाम जुरेको हो ।

अमेरिकन हर्ट एसोसिएसन (एएचए)का अनुसार अमेरिकामा हरेक तीन मध्ये एक जना वयस्कमा यो रोग लाग्न सक्छ भने यसमा तीन वा सोभन्दा धेरै जोखिम तत्व हुन्छन् । यसले रोग लाग्ने सम्भावना बढाएको एएचएको भनाइ छ । शुरुआती चरणमै रोगको पहिचान गर्न र मुटुकै रोगका कारण मृत्युको उच्च जोखिममा रहेका बिरामीहरूको बेलैमा सफल उपचार गर्न सजिलो होस् भन्ने हेतुले सीकेएमलाई परिभाषित गरिएको हो । 

जोन हप्किन्स विश्वविद्यालयमा कार्डियोलोजी विभागका मोटोपना र कार्डियोमेटाबोलिक अनुसन्धान निर्देशक डा. चियादी न्दुमेलका अनुसार ९० प्रतिशतभन्दा धेरै वयस्कहरू सीकेएम स्पेक्ट्रममा पर्छन् । अमेरिकाभर वयस्क र बालबालिकाहरूमा आत्तिनु पर्ने खालको मोटोपना र मधुमेहको दोस्रो प्रकार भेटिन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार अमेरिकामा ४२ प्रतिशत वयस्क र २० प्रतिशत बालबालिकामा अत्यधिक मोटोपनाको समस्या छ भने ३ करोड ७० लाख वयस्कमा मधुमेह । सीकेएमको जोखिमलाई एएचएले चार प्रकारमा बाँडेको छ, क्रमशः एकदेखि चार । शून्यमा जोखिम तत्व एउटै हुन्न । सन्तुलित भोजन खाने, स्वास्थ्य मानिने तौल भएका अनि धूम्रपान नगर्नेहरू यसमा पर्छन् । 

पहिलो चरणमा अलि बढी मोटो, विशेष गरी पेटमा बोसो धेरै हुने पर्छन् । दोस्रो चरणका मानिसमा उच्च रक्तचाप र दोस्रो खालको मधुमेह दुवै अनि मिर्गौलाको रोग पनि हुन्छ । यिनीहरूलाई डाक्टरले रक्तचाप र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न औषधि खान सल्लाह दिन्छन् । मुटुको रोगका कुनै लक्षण नदेखिने तर मटुको रोग भएका मानिस तेस्रोमा पर्छन् । यिनीहरूमा पनि उच्च रक्तचाप, शुरुआती चरणको मुटु/मिर्गौलाको रोग सबै हुन्छ । स्ट्याटिन जस्तो औषधि चलाएको हुन्छ । चौथो चरणका बिरामीमा भने मुटुको रोग, अत्यधिक मोटोपना, दोस्रो खालको मधुमेह र मिर्गौलाको रोग सबै हुन्छ । यो चरणका मानिसलाई मृगौला फेलियर भएका र नभएका गरे २ प्रकारमा बाँड्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप