यस्तो छ विश्व रेकर्ड राख्ने १२४७ किलोको फर्सी
काठमाडौँ । तपाईँले अहिलेसम्म कति किलोसम्मको फर्सी फलाउनु भएको छ ? १, ५, १० वा कति ? मिनिएसोटाका बागवानी शिक्षक ट्राभिस गेइन्गरले २ हजार ७४९ पाउन्ड (१ हजार २४७ किलो)को फर्सी फलाएका छन् । यो फर्सीले विश्वको सबैभन्दा ठुलो फर्सीको नयाँ विश्व रेकर्ड बनाएको छ ।
अमेरिकाका उत्कृष्ट बास्केटबल खेलाडी माइकल जोर्डनको नामबाट नाम राखिएको यो फर्सी यसअघि रेकर्ड बनाउने फर्सीभन्दा ४७ पाउन्ड ठुलो छ । विजेता फर्सीले क्यालिफोनिर्यामा आयोजित भीमकाय फर्सी प्रतिस्पर्धामा ३० हजार डलर नगद पुरस्कार पनि पाएको छ । गेइन्गरले फर्सीलाई निकै स्याहार सुसार गरेर हुर्काएका थिए । दिनमै १२ पटक पानी हाल्थे । अप्रिल १० मा रोपेको फर्सीको बिउलाई हुकाउन मात्रै उनले १५ हजार डलर खर्च गरेका थिए । गएको हप्ता मात्रै प्रतिस्पर्धामा सहभागी हुन उनी फर्सी लिएर पुगेका थिए । गेइन्गर किशोर बेलादेखि नै फर्सी खेती गर्दै आएका हुन् । उनले तीन पटक प्रतिस्पर्धा जितिसकेका छन् ।

यो फर्सी प्रतिस्पर्धा सन् १९७४ मा रमाइलोको लागि सुरु गरिएको थियो । आफूलाई फर्सीको राजधानी भनेर दाबी गर्ने ओहिओ राज्यको सर्कलभिल र क्यालिफोनिर्याको हाल्फ मुन बेबीच कसले ठुलो फर्सी फलाउने भन्ने होड चल्न थाल्यो । सोही होडबाजी अहिले ‘वर्ल्ड च्याम्पियनसिप पम्पकिन वे–अफ’ बनेको छ । यो प्रतिस्पर्धामा सहभागी हुन विश्वभरबाट फर्सी आउने आयोजकहरू बताउँछन् । माइकल जोर्डन अहिलेसम्मकै उत्कृष्ट अमेरिकी बास्केटबल खेलाडी थिए । तर अब भने भीमकाय फर्सी पनि बनेको छ । जोर्डन २३ नम्बरको जर्सी लगाउँथे । प्रतिस्पर्धामा आउँदा गेइन्गर २३ लेखिएको जर्सी लगाएका थिए । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण