लेबनानमा इजरायलको जवाफी हमला, सरकारी मिडियाले भन्यो– ‘दुस्मन बम बर्साउँदैछ’
बेरुट । लेबनानको सरकारी मिडियाअनुसार इजरायलले देशको केही क्षेत्रमा हमला गरेको छ । इजरायलको सेनाले पनि हमलाको पुष्टि गरेको छ । यसअघि इजरायलको सेनाले लेबनानबाट इजरायलमा मिसाइल प्रहार गरिएको जानकारी दिएको थियो ।
हिज्बुल्लाहले लेबनानको क्षेत्रबाट मिसाइल प्रहार गरेको इजरायली सेनाको दाबी थियो । यसको जवाफमा आफूहरूले पनि हमला गरेको उनीहरूको भनाई थियो ।
लेबनानको सरकारी मिडियाका अनुसार इजरायलबाट दुई क्षेत्रमा हमला भएको छ । लेबनानको नेसनल न्यूज एजेन्सीले भनेको छ, ‘धारिया क्षेत्र नजिक दुस्मनले बमबारी गरिरहेको छ । यारिन क्षेत्रमा फोस्फोरस बम खसालिएको छ ।’
केही समयअघि आईडीएफ (इजरायल डिफेन्स फोर्स) ले एन्टी ट्याङ्क मिसाइल अरब अल–अरमाश नजिकै प्रहार गरेको जनाएको थियो । लेबनान र इजरायलको सीमामा तनाव भएको यो पहिलो पटक भने होइन ।
चरमपन्थी संगठन हिज्बुल्लाहले हमासको हमलापछि इजरायलमा कयौँ रकेट प्रहार गरेको थियो । हिज्बुल्लाहलाई ईरानको समर्थन रहेको बताइन्छ । जबकि इजरायल र पश्चिमा देशले उनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण