इलाममा चाडपर्व सुरक्षा योजना लागू, ८२५ सुरक्षाकर्मी परिचालन हुने
विराटनगर । इलाममा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना लागू हुने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समिति इलामको बैठकले दसैँ, तिहार, छठलगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याउने भएको हो ।
सुरक्षा योजना अनुसार नेपाल प्रहरीका ५२८ र सशस्त्र प्रहरीका २९७ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने, तत्काल परिचालन हुन सक्ने गरी ५० वटा क्वीक रेस्पोन्स टिम स्ट्याण्ड बाइ रहने, मोबाइल गस्ती ५ वटा, र पैदल गस्ती ४३ वटा रहने पोखरेलले बताए ।
यस्तै योजना अनुसार राजमार्गलगायत सीमा नाकाहरूमा १५ वटा भन्दा बढी चेक प्वाइन्ट सञ्चालन गरिने छ । राजमार्गमा ३ वटा स्कर्टिङ टोली परिचालित हुनेछ भने सुरक्षा संवेदनशील भएका १६ स्थानमा पिकेट खडा गरिने पोखरेलले बताए ।
सुरक्षा समितिको बैठकले जिल्लावासी सबै नागरिकलाई ढुक्क भएर चाडबाडमा सम्मिलित हुन, रमाउन, मनोरञ्जन गर्न तथा प्रेम र सद्भाव साटासाट गर्न कुनै अप्ठ्यारो नहुने पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण