गाजाको एक मात्र विद्युत् गृह बन्द
गाजा सिटी । इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ ।
“गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,” प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ ।
स्थानीय समय अनुसार शनिबार बिहानै प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूह (हमास) ले एक्कासी इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र आकाश तीन मार्गबाट प्रवेश गरी आक्रमण गरी निहत्था सयौँ व्यक्तिको हत्या गरेपछि इजरायलले पनि बदलामा हवाई आक्रमण गरेको हो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण