धनुषामा १५ वर्षीया बालिका बलात्कृत
जनकपुरधाम । धनुषामा एक १५ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छिन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरमा बालिका गत शनिबार बलात्कृत भएकी हुन् ।
नातामा मामा पर्ने एक छिमेकीबाट उनी बलात्कारको सिकार भएकी हुन् । बालिका नातामा भान्जी पर्ने सोही वडा बस्ने छिमेकी वर्ष २५ का ईश्वरराज भनिने भरत महतोबाट बलात्कृत भएकी हुन् ।
गत शनिवार करिब ५ बजेको समयमा खेतमा घाँस काट्न गएको वेला एक्लो देखेर उखुवारीमा लागि बलात्कार गरेको बालिकाको भनाइ छ ।
महतोले बालिकालाई एक्लै देखेर पछाडिबाट आँखा छोपी हातखुट्टा बाँधेर उखुवारीमा लागि बलात्कार गरेको बालिकाको आरोप छ । बालिकाका अनुसार आफ्नो आँखा खोलेपछि आफ्नै छिमेकी मामा पर्ने भरत महतो रहेको देखेकी थिइन् ।
बलात्कार पश्चात् महतोले आफूलाई लुगा र चप्पल किनिदिने लोभ देखाएको उनले बताइन् । पीडित बालिकाको रुँदै घरमा आफ्नो दाइलाई घटनाबारे जनकारी गराएकी थिइन । यता, पीडित वालिकाको दाजुले भरतलाई समातेर प्रहरीकोमा बुझाउन खोज्दा आरोपितका मामाहरूले गाउँमै घटना मिलाउन दबाब दिएको बताए । साथै, आफूलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरू व्यक्तिहरूबाट पनि दबाब आएको बताए ।
बलात्कार आरोपमा जाहेरी दर्ता भैसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । उनले जाहेरी दर्ता भएर पक्राउ पुर्जी लिने काम अघि बढेको जानकारी दिए ।
उनले आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरेपश्चात् मात्रै घटनाको विषयमा थप भन्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण