बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – क्वीन्टन डी कक (दक्षिण अफ्रिका)

बिहीबार, २५ असोज २०८०, १३ : ३२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । दक्षिण अफ्रिकाको माथिल्लो क्रमका ब्याट्सम्यान हुन्, क्वीन्टन डी कक । ३० वर्षीय यी अनुभवी ब्याट्सम्यान अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकी टोलीलाई गतिलो सुरुआत दिन खप्पिस छन् । उनी विकेटकिपरको भूमिकामा पनि उत्तिकै निपूर्ण छन् । 

जारी विश्वकपको श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमा पनि उनले दक्षिण अफ्रिकाका लागि शतकीय पाली खेलेका थिए । हालसम्म एकदिवसीय विश्वकपको फाइनलसम्म पनि पुग्न नसकेको दक्षिण अफ्रिकाले जारी विश्वकपमा यी बायाँहाते ब्याट्सम्यानबाट निकै आशा गरेको छ । 

उनले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितालाई जोड्दा ११ हजारभन्दा बढी रन बनाइसकेका छन् । उनले जारी विश्वकपमै १२ हजार रन पुरा गर्ने सम्भावना छ । 

उनले दक्षिण अफ्रिकाका लागि हालसम्म एक सय ४६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ४५.१५ को औसतले कुल ६ हजार दुई सय ७६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले १८ शतक र ३० वटा अर्धशतक प्रहार गरेका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले बनाएको उच्च स्कोर एक सय ७८ रन हो । एकदिवसीय खेलमा उनले १६ वटा स्टम्पिङ गरेका छन् भने एक सय ९० वटा क्याच पनि लिएका छन् । उनले दक्षिण अफ्रिकाका लागि ५४ वटा टेस्ट पनि खेलेका छन् । 

टेस्ट क्रिकेटमा उनले  ३८.८२ को औसतले कुल तीन हजार तीन सय रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ६ शतक र २२ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ४१ रन हो । टेस्टमा उनले ११ वटा स्टम्पिङ गरेका छन् भने दुई सय २१ वटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले देशका लागि ८० वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० मा उनले ३२.५२ को औसतले कुल दुई हजार दुई सय ७७ रन बनाएका छन् । टी—२० मा उनले एक शतक र १४ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर एक सय रन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप