निर्देशक सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा निर्देशक समाजको आपत्ति
काठमाडौँ । फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरी थापाको खोजीमा छ । ‘प्रसाद २’ निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिनै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपसहित उनी जाहेरी दिएका थिए । जाहेरीको आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । बिहीबार समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिना कारण र बिना प्रमाण निर्देशक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएको हो ।
‘चलचित्र ‘प्रसाद –२’का लागि पारिश्रमिक लिएर निर्देशकको जिम्मेवारी पाएका सुदर्शन थापा एक श्रमजीवी चलचित्रकर्मी हुन् । उनी यस चलचित्रका निर्माता पनि होइनन् । उहाँलाई यस चलचित्रमा पारिश्रमिक प्रदान गरी निर्देशकिय जिम्मेवारी मात्र प्रदान गरिएको हो’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘निर्देशकले फिल्म पूर्ण रुपमा बनाइ निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो तसर्थ उहाँलाई चलचित्र बिक्री वितरण गर्ने कुनै पनि अधिकार हुँदैन । प्रहरीले बिना कारण बिनाप्रमाण, एकतर्फी रुपमा चलचित्र बिक्री वितरणको आरोप लगाउँदै परेको उजुरीको भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक छ ।’
चलचित्र क्षेत्रमा परेका समस्याहरु समाधान गर्न चलचित्रकर्मीका संस्थाहरु आफै नै सक्षम भएको बताएको समाजले यस्ता विषयमा सम्मानित अदालत र प्रहरी प्रशासनले सरोकारवालाको संस्थामा गई छलफल गर्ने र मिलापत्र गर्ने वातावरण बनाई दिनु हुन समेत अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण