स्थानीय तहका कर्मचारीलाई सिंहदरबार प्रवेशमा निषेध !
काठमाडौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक लाइएको पाइएको छ । विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता कमिटी बनाएपछि उत्साहित भएका आन्दोलनरत कर्मचारीहरु सिंहदरबार प्रवेश गर्न खोज्दा ‘ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ’ को आदेश भन्दै प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको संघर्ष समितिका संयोजक दीपक गौतमले बताए ।
उनले रातोपाटीसँग भने,‘ ढिलै भएपनि सरकारले हाम्रो माग सुन्ने साहस गर्यो, वार्ता टोली बनाएकोमा हामी खुसी छौँ , हामी मन्त्रालय छिर्न खोज्दा गेटमै प्रहरीले रोकेको छ ।’ उनले आफूहरु सरकारसँग वार्ता गर्न तयारी अवस्थामा रहेको बताए ।
मन्त्रालयका प्रवक्ता एवं भर्खरै सरकारले बनाएको वार्ता टोलीका संयोजक कमलप्रसाद भटट्टराईले स्थानीय तहका कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक नलगाइएको बताए ।
उनले भने,‘ हामीले कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक लगाएका छैनौं, प्रहरीलाई त्यस्तो केही निर्देशन पनि दिएका छैनौं, तर, आन्दोलनरत कर्मचारीले केही दिनअघि सिंहदरबार भित्रै प्रवेश गरेर नाराबाजी गरेपछि प्रहरीले आफैँ सजक भएर रोक लगाएको हुनसक्छ ।’ उनले यसबारे प्रहरीसँग बुझ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण