शुक्रबारदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई गठबन्धनको सुझाव
काठमाडौँ । सत्ता गठबन्धनले सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो ।
गठबन्धन बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक बसेर अन्त्य गर्दा उपयुक्त हुने सुझाव सरकारलाई दिएको बताए ।
‘अधिवेशन अन्त्य गर्ने कि नगर्ने भनेर निर्णय सरकारले गर्ने हो तर गठबन्धनको छलफलमा मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस गर्दा उपयुक्त हुने भनेर सुझाव दिएका छौ’, गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट शुक्रबारको बैठक बसेर अधिवेशन अन्त्य हुनेछ ।’
माओवादी केन्द्रका नेता हितराज पाण्डेले अधिवेशन अन्त्यबारे गठबन्धन बैठकमा छलफल भएको स्वीकार गरे । शुक्रबार २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बजेट अधिवेशन गत वैशाख २४ गते सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण