साइनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप सहयोग
काठमाडौँ । साइनिङ नेपाल फाउन्डेसनले सामुदायिक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्यापटप सहयोग गरेको छ ।
पशुपति विकास कोषका कार्यवाहक सदस्य सचिव राजु कुमार खत्रीको प्रमुख अतिथ्यतामा गौशालास्थित श्री मङ्गलादेवी माध्यमिक विद्यालयको हलमा भएको कार्यक्रममा कामपा वडा नं ९ का तीन वटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई सम्मान तथा ल्यापटप वितरण गरिएको हो ।
उक्त कार्यक्रममा समाजसेवी शशि कान्त अग्रवाल सहित विभिन्न पार्टीका नेताहरूको उपस्थिति थियो । कार्यक्रममा कामपा वडा ९ का सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्व सम्पन्न कार्यक्रममा मङ्गलादेवी माविकी छात्रा करुणा खरेल, तिलगंगास्थित श्री शारदा माविकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित श्री गुहेश्वरी माविका छात्र अमन यादवलाई ल्यापटप प्रदान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण