प्रदेश
कांग्रेसका ८ सांसदहरूले गरे प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत, आङ्बोको दाबी खारेज गर्न माग
बिहीबार, २५ असोज २०८०, १८ : ३६
काठमाडौँ । गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुखका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् ।
कार्कीसहित आठ सांसदसहितको हस्ताक्षर लिएर नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनीहरूले प्रदेश प्रमुख सामु हस्ताक्षर सनाखत गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन् । आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उनले उक्त दाबीलाई खारेज गर्न निवेदनसमेत दिएका छन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण