यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु
काठमाडौँ । देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।
एकान्तकुना कार्यालयमा सेवाग्राहीहरु दैनिक घण्टौँ लाममा बस्ने गरेका थिए । आजदेखि लाम पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताए । उनले भने, “दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।” नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । आजबाट राजस्व भुक्तानी, अनुमतिपत्र नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ ।
अनुमतिपत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुुपर्ने प्रदेशका यातायातमन्त्री लम्सालले बताए । उनले भने, “यसअघि एउटै लाइसेन्सका लागि नौ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।” सवारी चालक अनुमतिपत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीनपटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सबै काम घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।
मन्त्री ज्वालाले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यातायात कार्यालयमा लाग्ने भीड हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धताअनुसार गत असार २० देखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको हो ।
अबको केही दिनभित्र मधेस र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमार्फत पनि अनलाइन सेवा पुनःसञ्चालन गरिने मन्त्री ज्वालाले बताए । यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाको अन्त्य गर्न देशका सबै यातायात व्यवस्था कार्यालय अनलाइन प्रणालीमा लैजान लागिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण