कोशी प्रदेश सभापति थापाले बोलाए आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल गर्न बैठक बोलाइएको थापाले रातोपाटीलाई बताए ।
उनले रातोपाटीसँग भने, ‘प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्छ । उहाँहरुले आफ्नो क्रियाकलापलाई सुधार गर्नु भएन । पार्टीको आचारसंहिता लागू हुन्छ ।’
पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको उनको भनाइ छ । ‘पार्टीमा जसले जे गरे पनि हुन्छ भन्ने सन्देश गएको छ, यो अनुशासनहीनताको चरम रूप हो,’ उनले भने, ‘यसले पार्टीले उपयुक्त निर्णय लिन्छ ।’
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्वोलाई अघि सारेपछि शेखर पक्षका ८ जना सांसद विद्रोहमा उत्रिएका थिए ।
एमालेको समर्थन जुटाएर शेखर पक्षीय केदार कार्कीले पार्टी निर्णयविरुघ कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण